- उत्कृष्ट शैक्षिक अनुभव प्रदान गरी जीवनका विभिन्न क्षेत्रमा सफलता प्राप्त गर्न मद्दत पुर्याउनु
- समाजमा सकारात्मक योगदान पुर्याउने नागरिक तयार पार्नु
- समाजका लागि उत्तरदायित्वपूर्ण र परोपकारी नागरिक बन्ने शिक्षा प्रदान गर्नु ।
स्थानीय समाजसेवी, बुद्धिजीविहरुको अथक प्रयास पश्चात मिति २०६७/०२/०९ मा स्थानीय समाजसेवी श्री रवि थापाज्यूको अध्यक्षतामा स्थानीय बुद्धिजीवि तथा शिक्षाप्रेमी श्री कुशुम न्यौपानेलाई संस्थापक प्र.अ. पदमा नयुक्ति गरी विधिवत रुपमा उद्घाटन गरी स्थापना गरिएको हो ।सोही वर्ष श्रावण महिनाको ५ गते कक्षा १ को अनुमति प्राप्त गरी कक्षा ५ सम्म सञचालन गर्ने लक्ष्य राखी स्थापना गरिएको थियो । यस विद्यालयको नामाकरण स्थापना कालमा नमुना प्राथमिक विद्यालय रहेको र यस विद्यालय सेवा क्षेत्र भित्र रहनु भएका स्थानीय शिक्षाप्रेमी श्री कृष्ण प्रसाद पौडेलज्यूले ईटालीमा रही कामको सिलसिलामा दिवंगत हुनुभएका उहाँका ज्येष्ठ सुपुत्र स्व. रामजी पौडेलको स्मृति विद्यालयको स्तरोन्नतिको लागि ३ कोठे पक्की भवन र ३३ थान डेस्कबेन्च हस्तान्तरण गर्नु भएकोले शिक्षा ऐनको नियमानुसार यस विद्यालयको नामको पछाडी राम थप्न मिल्ने व्यवस्था भएकोले प्रक्रियागत ढङ्गले विद्यालयको नाम मिति २०७५/०४/०१ गते देखि लागू हुने गरी श्री नमुना रामजी आधारभूत विद्यालय राखिएको हो ।
यो विद्यालय कञ्चनपुरको सदरमुकाम भिमदत्तनगरबाट करीब ६० कि.मी. दक्षिणपूर्व, कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्रको भारतीय सिमा बसही बजार सँग सिमाना जोडिएको तथा धनगढी उपमहानगरपालिकाबाट झण्डै १५ कि.मी. पश्चिमपट्टी पुनर्वास नगरपालिका वडा नम्बर ४ मा नमुना महिला सामुदायिक वनको काखैमा अवस्थित रहेको छ ।यस विद्यालयको उत्तरतर्फ IBRD बजार रहेको छ । हाल कक्षा ५ सम्म सञ्चालित यस विद्यालयमा दुई ओटा स्वीकृत शिक्षक दरबन्दी, एउटा राहत, दुई ओटा बालविकास दरबन्दी र एउटा कार्यालय सहयोगीको दरबन्दी गरी जम्मा ६ ओटा दरबन्दी रहेका छन् । यस विद्यालयमा बालविकास कक्षा (शिशु कक्षा) देखि कक्षा ५ सम्म पठनपाठन हुँदै आईरहेको छ । यस विद्यालयको सेवा क्षेत्र पुनर्वास नगरपालिका वडा नं. ४ रहेको छ । दलित समूदायको बाहुल्यता रहेको भएता पनि पछिल्लो समयमा ठकुरी समूदाय तथा बाहुन क्षेत्री समूदायको आकर्षण बढेको छ । स्थापना देखि हालसम्म धेरै चुनौती तथा समस्याहरु बेहोरिरहेको यस विद्यालयमा हाल ८० जना विद्यार्थीहरु रहेको छ । सेवा क्षेत्रका मानिसहरु अधिकांश गरीब, अशिक्षित र सामान्य स्तरका रहेका छन् । अधिकांश मानिसहरु गरीबीको रेखा मुनि रहेका छन्।सामाजिक चेतनास्तर विकासोन्मुख रहेको छ । विगतको तुलनामा वर्तमान समयमा यस समुदायका मानिसहरुमा धेरै परिवर्तनहरु आएको देखिन्छ ।
- उत्कृष्ट शैक्षिक अनुभव प्रदान गरी जीवनका विभिन्न क्षेत्रमा सफलता प्राप्त गर्न मद्दत पुर्याउनु
- समाजमा सकारात्मक योगदान पुर्याउने नागरिक तयार पार्नु
- समाजका लागि उत्तरदायित्वपूर्ण र परोपकारी नागरिक बन्ने शिक्षा प्रदान गर्नु ।
स्थानीय स्तरका सम्पूर्ण सरोकारवालाहरुलाई विद्यालयका कार्यक्रमहरु सञ्चालनमा सहभागी गराई सहभागितामूलक कार्यक्रमलाई बढावा दिई धेरै भन्दा धेरै श्रम तथा साधनको प्रयोग गरी गराई गुणस्तरीय शिक्षा तथा व्यवहारिक शिक्षा प्रदान गरी भविष्यमा कक्षा ८ सम्म सञ्चालन गर्ने यस विद्यालयको दुरदृष्टि रहेको छ ।जसलाई तल बुँदागत रुपमा प्रस्तुत गर्ने जमर्को गरिएको छ ।
१)विद्यालय सेवा क्षेत्र भित्र रहेका सम्पूर्ण बालबालिकालाई सहज भर्ना हुने वातावरण सिर्जना गर्ने
२)विद्यालयमा विद्यार्थीहरिलाई धेरै भन्दा धेरै सुविदा उपलब्ध गराउने
३)बाल मैत्री वातावरण निर्नमाण गर्ने
४)सम्पूर्ण शिक्षकहरुलाई तालिमको व्यवस्था मिलाई कक्षाकोठामा कार्यान्वयन गर्ने गराउने
५)विद्यार्थी कक्षा अनपातमा शिक्षक दरबन्दी कायम गर्ने गराउने
६)विद्यालयमा रहेका सम्पूर्ण विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था मिलाउने
७)यस विद्यालयलाई कक्षा ८ सम्म सञ्चालन गर्ने
- विद्यालय वातावरणलाई पारिवारिक एवम् बालमैत्री बनाउने
- औसत सिकाइ उपलब्धि वृद्धि गर्ने
- विद्यार्थी केन्द्रित सिकाइ वातावरण सिर्जना गर्ने
- विद्यालयका शैक्षणिक क्रियाकलापहरुमा अभिभावकहरुको संलग्नता बढाउने
