धेरै लामो समय देखि प्रयासरत रहेता पनि विद्यालयले अनुमति प्राप्त गर्न नसकेकोमा शिक्षाप्रेमी समाजसेवी कुसुम न्यौपानेका बुबा भिमदत्त नगरपालिका वडा नं. १५ निवासी तथा दशरथ नि.मा.वि. निम्बुखेडाका संस्थापक अध्यक्ष हेमलाल न्यौपानेको जिल्ला शिक्षा कार्यालयमा भएको पहलकादमीले सफलता पाई विद्यालयले अनुमाति प्राप्त गर्ने आश्वासन पाए लगत्तै मिति २०६७/०२/०९ गते कक्षा १ सञ्चालन भएको र २०६७ साउन ५ गते अनुमति प्राप्त गरिश्री नमुना प्राथमिक विद्यालय स्थापना भएको थियो ।
एउटा विद्यालय खोलेर सञ्चालनमा ल्याउनु सानो कुरा होइन । विभिन्न समस्या र चुनौतीका बावजुद विद्यालयलाई स्थापना देखि हालसम्म यस अवस्थामा पुर्याउन सफल हुने विभिन्न समाजसेवी, बुद्धिजीवि, शिक्षाप्रेमीहरुमा धन्यवाद दिन चाहन्छु । साथै संस्थापक प्रधानाध्यापक, संस्थापक अध्यक्ष, वि.व्य.स. परिवार, शि.अ.सं. परिवार, अभिभावक विद्यार्थी तथा शिक्षकहरुको योगदानलाई उच्च कदर गर्दै हार्दिक धन्यवाद दिन चाहन्छु ।
बिगत १५ वर्ष देखि निरन्तर अध्ययन अध्यापन गराउँदै आईरहेको यस विद्यालयमा वि.व्य.स., शि. अ. सं., अभिभावक शिक्षक तथा कर्मचारीहरुले सरसल्लाह अनुसार विद्यालयलाई अग्रपङ्तिमा लैजानमा कुनै विमति छैन । यस विद्यालयले अनुशासित, लगनशिल, इमान्दार, प्रतिश्पर्धी सक्षम जनशक्ति उत्पादन गर्नमा अहम् भूमिका खेलेको छ र आगामी दिनमा पनि सक्षम जनशक्तिनिर्माण गरोस् भन्दै विद्यालयको उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।